अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

रसुवागढी नाका पुनः बन्द

बिआरटीनेपाल २०७९ माघ ६ गते ६:१५ मा प्रकाशित

नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ । दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुई भन्सार नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी स्वाभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्यप्रगति नगण्य छ ।

सामान्य अवस्थामा दुई देशबीच वार्षिक साढे दुई खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार रहेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ तर चीनसँगको व्यापारमा जोडिएका नेपालका दुई भन्सार कार्यालय तातोपानी र रसुवागढीको अवस्था पछिल्ला वर्षहरुमा निकै कमजोर छ । २०७२ सालको भूकम्पपछि थलिएको सिन्धुपाल्चोकको तातोपानी नाका अझै लयमा फर्किन सकेको छैन । भूकम्प अघि वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको  कारोबार तातोपानी भन्सारबाट हुन्थ्यो । जसबाट सरकारले वार्षिक करिब छ अर्ब रुपैयाँ राजस्व उठाउने गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।

चालु आर्थिक वर्षको पाँच महिनाअर्थात् गएकाे मङ्सिर मसान्तसम्ममा तातोपानी भन्सारबाट चार अर्ब ४२ करोड २४ लाख २३ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छ । नेपालबाट चीनमा हुने वस्तु निर्यात भने शून्य छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू