अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

विवादास्पद अध्यादेश फिर्ताको माग गर्दै नागरिक समाज सडकमा

बिआरटीनेपाल २०७९ मंसिर २७ गते ५:५७ मा प्रकाशित

रेशम चौधरीलगायत व्यक्ति हत्याको आरोप लागेका राजनीतिक दलका कार्यकर्ता छुटाउन ल्याएको अध्यादेशको विरोधमा नागरिक समाज सडक आन्दोलनमा उत्रिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन अध्यादेश फिर्ता गर्न मागगर्दै नागरिक अगुवाले मंगलवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । सरकारले रेशम चौधरी लगायतलाई छुटाउन आइतवार अध्यादेश जारी गरेको थियो ।

माइतीघरमा आयोजित कार्यक्रममा मानव अधिकार आयोगका पूर्व सदस्य प्रा। कपिल श्रेष्ठ, मानव अधिकारकर्मी सुवोध प्याकुरेल लगायतले सम्वोधन गरेका थिए । अधिकारकर्मीहरुले संसद छलेर कामचलाउन सरकारले अध्यादेश जारी नगर्न राष्ट्रपति विद्या भण्डारीसँग आग्रह गरेका छन् । विवादास्पद अध्यादेश सोमवार राष्ट्रपति कार्यालयमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू