अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

पुनः मतदानको माग गर्दै झलनाथ खनालद्धारा सर्वोच्चमा मुद्दा दायर

बिआरटीनेपाल २०७९ मंसिर २७ गते ५:३६ मा प्रकाशित

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुनः मतदानको माग गर्दै संवैधानिक इजलासमा मुद्दा दायर गर्नुभएको छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा इलामा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतसँग पराजित भएका खनालले पुन मतदानको माग गर्दै मंगलबार सर्वोच्चमा मुद्दा हाल्नुभएको हो ।

गठबन्धनका उम्मेदवारका रुपमा खनालले २३ हजार ८९ मत पाउँदा एमालेका बस्नेतले २५ हजार ७५३ मत ल्याएर चुनाव जित्नुभएको छ । खनालले मतगणनादेखि नै धाँधली भएको भन्दै निर्वाचन परिणामलाई अस्वीकार गर्ने बताउँदै आउनुभएको छ । कांग्रेसले अन्तरघात गरेका कारण चुनाव हारेको दाबी गर्दै उहाँले द्रव्यपिचासको संज्ञा लिएका थिए।

खनालले केही मतदान केन्द्रमा भने पुनः मतगणना हुनुपर्ने माग दाबी निवेदनमा गर्नुभएको छ । खसेको भन्दा बढी मत मतपेटिका भेटिदा पनि निर्वाचन आयोगले मान्यता दिएर आफूलाई हराएको खनालको जिकिर छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू