अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग

बिआरटीनेपाल २०७९ मंसिर २७ गते ५:१५ मा प्रकाशित

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्राडा धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको टोलीले त्रिभुवन विश्वविद्यालयका पुगेर आज बुझाएको ज्ञापनपत्र लिदै उपकुलपति प्रा.डा बास्कोटाले स्ववियु निर्वाचन गराउने कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले निर्वाचनका लागि तयार रहन समेत आग्रह गर्दै विद्यार्थी संगठनसँगको छलफलपछि मिति तय गर्ने जानकारी गराउनुभयो । अध्यक्ष बरालले विश्वविद्यालय स्ववियुविहीन हुँदा विद्यार्थीका नाममा अराजकता चुलिदै गएकाले निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू