अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

आफू अनुकूलकाे राजनीतिक सहजताका लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई छैन : काेइराला

बिआरटीनेपाल २०७९ मंसिर २६ गते ४:१५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्‍याएका व्यक्तिलाई माफी दिने प्रयास गरिनु कानुनी शासन र लाेकतान्त्रिक मर्मकाे उपहास भएकाे बताउनुभएकाे छ । सरकारले राजनीतिक दलमा आबद्ध रहेर विभिन्न मुद्दामा जेलमा रहेकाहरूलाई छुटाउने गरि अध्यादेश ल्याउने निर्णय गरेपछि नेता काेइरालाले यस्ताे बताउनुभएकाे हाे । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएकाे छ, अध्यादेशमार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो ।

नेता काेइरालाले आफू अनुकूलको राजनीतिक सहजताका लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई नभएकाे पनि बताउनुभएकाे छ । यसले भाेलि गलत नजिर बस्ने उहाँकाे भनाइ छ । यसअघि कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पनि सरकारले ल्याउन लागेकाे अध्यादेशप्रति आपत्ति जनाउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू