अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

कोरियामा गैर कानुनी रूपमा बसिरहेकाहरूलाई जरिबाना नतिरी स्वदेश फर्कने अवसर

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ६:५१ मा प्रकाशित

दक्षिण कोरियाले गैर कानुनी रूपमा कार्यरत विदेशी नागरिकलाई स्वैच्छिक रूपमा कोरिया छाड्न प्रोत्साहन गर्ने गरी नयाँ अवसर ल्याएको छ ।कोरियामा रहेको नेपाली दूतावासका अनुसार ७ नोभेम्बरदेखि दक्षिण कोरियामा गैर कानुनी रूपमा बसिरहेको विदेशी नागरिकहरूलाई स्वैच्छिक रूपमा स्वदेश फर्कने अवसर दिएको हो । कोरियाले दिएको यो अवसरको सदुपयोग गर्दै सन् २०२३ को फेब्रुअरी २८ सम्म गैर कानुनी रूपमा कोरियामा बसिरहेकाहरू आफ्नो देश फर्कन सक्छन् ।

यो अवसरमार्फत स्वदेश फर्कँदा लाग्ने जरिबाना छुट हुने दूतावासले जनाएको छ । तर ७ नोभेम्बर २०२२ भन्दा पछि गैर कानुनी भएकाहरू, गैर कानुनी रूपमा सीमा पार गरी कोरिया प्रवेश गरेका विदेशी नागरिक, किर्ते वा बदलिएको राहदानी प्रयोग गरेकाहरू र आपराधिक गतिविधिमा संलग्न भएकाहरू भने यो अवसरमार्फत स्वदेश फर्कन पाउने छैनन् ।

यस्तै कोरोना रोकथामका लागि लगायतका प्रतिबन्धको उल्लङ्घन गर्ने र प्रस्थान आदेशको पालना नगरेका विदेशी नागरिकहरू भने कोरियाले दिएको यो अवसरमार्फत स्वदेश फर्कन पाउने छैनन् ।  यो कार्यक्रममार्फत स्वदेश फर्कन चाहनेले राहदानी, हवाई टिकट र स्वेच्छाले स्वदेश फर्कन लागेको घोषणा गरिएको कागज कोरियाको अध्यागमन कार्यालयमा गएर वा अनलाइनमार्फत पनि यस्तो फारम भर्न सकिन्छ ।

यो फारम बुझाएपछि जरिबाना छुट र प्रवेश प्रतिबन्धको निलम्बन प्रदान गर्दै कोरियाली अध्यागमनले स्वदेश फर्किएको अनुमति दिन्छ । थप जानकारीका लागि १३४५ नम्बरमा सम्पर्क सकिने कोरियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू