अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

रुसबाट युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण, चार जनाको ज्यान गयो

बिआरटीनेपाल २०७९ मंसिर २० गते ५:३४ मा प्रकाशित

रुसले युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणबाट कम्तीमा ४ जनाको ज्यान गएको छ भने ऊर्जा तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको युक्रेनले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणबाट मोल्दोभामा बिजुलीको आपूर्तिमा समस्या भएको छ । रुसले आठ हप्तामा आठौँ पटक युक्रेनलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ । क्षेप्यास्त्र प्रहार र क्षतिबारे रुस–युक्रेनका आ–आफ्नै दाबी छन् ।

युक्रेनले रुसले प्रहार गरेका ७० मध्ये ६० वटा क्षेप्यास्त्र खसालेको दाबी समेत गरेको छ । रुसले आफ्ना सबै १७ वटा प्रहारले ‘निशाना’ भेटेको जनाएको छ । रुसले निरन्तर गरेको क्षेप्यास्त्र आक्रमणबाट युक्रेनको ऊर्जा ग्रिडमा ठूलो असर पारेको छ । लाखौँ मानिसलाई जाडोको बेला बिजुलीविहीन बनाएको छ । जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू