अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

रूसी तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित गर्ने इयुकाे निर्णयप्रति रूसकाे आपत्ति

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:०५ मा प्रकाशित

जी सेभेनसहित युरोपेली युनियन (इयु) ले रुसी तेलमा प्रति ब्यारेल ६० डलरको सीमा तोकेकोप्रति रुसले आपत्ति जनाएको छ ।साथै रुसले उपयुक्त जवाफ दिने चेतावनी समेत दिएको छ । जी सेभेन, इयु र अष्ट्रेलियाले शुक्रबार रुसी तेल बढीमा ६० डलर प्रति ब्यारेल भन्दा बढीमा खरिद गर्न नहुने निर्णय गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भने रुसी तेलको मूल्य अझै बढी भएको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जी सेभेन र इयुको निर्णय स्वीकार्य नभएको भन्दै उपयुक्त समयमा उपयुक्त जवाफ दिने बताउनुभएको हो । जी सेभेन र इयुले रुसको आम्दानी घटाउने र विश्व बजारमा इन्धनको मूल्यस्थिर राख्ने भन्दै उक्त निर्णय गरेका हुन ।

उता, भियनास्थिन रुसी स्थायी नियोगका प्रतिनिधि युलियानोभले यसै वर्षदेखि नै युरोप रुसी तेलमुक्त हुने चेतावनी दिएका छन् । रुसले यस अघि नै जसले बजार मूल्य भन्दा तलको मूल्य तय गर्छन वा त्यसलाई समर्थन गर्छन उनीहरुलाई तेल आपूर्ति बन्द गर्ने निर्णय पहिल्यै गरिसकेको उनले बताएका हुन् । ट्वीटर मार्फत मिलियानोभले इयुले रुसमाथि इन्धनको हतियार चलाएको समेत आरोप लगाएका छन् । रुसी तेलका सबै भन्दा ठूला खरिदकर्ता चीन र भारतले भने जी सेभेन र इयुको मूल्य सीमाप्रति कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू