अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

चीनमा कोरोना संक्रमणले पुनः गति लिदै

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ५:३३ मा प्रकाशित

चीनमा कोरोना संक्रमणले पुनः गति लिन थालेको छ । गत बुधरबार संक्रमण शुरू भए यताकै सवैभन्दा धेरै संक्रमतिहरू फेला परेपछि पुनः अर्को लहर आउने आशंका चिनियाँ अधिकारीहरूमा बढेको छ ।राजधानी पेइचिङ र ब्यापारिक केन्द्र क्वाङचौलगायतका मूख्य शहरहरुमा एकैदिन ३१ हजार ५२७ जना नयाँ संक्रमित फेला परेका हुन । गत अप्रिलमा एकैदिन २८ हजार संक्रमित फेला परेका थिए ।

शून्य कोभिड नीतिको सर्वत्र विरोध हुन थालेपछि चीन सरकारले खुकुलोपन बढाउदै लगेको बेला हालसम्म्कै उच्च संख्यामा संक्रमित फेला पर्दा चिनियाँ अधिकारीहरू अन्यौलमा परेका छन् । चीनले पछिल्लो समय क्यारेन्टिनलाई सात दिनबाट घटाएर पाँच दिनमा झारेको थियो भने ठूला शहरहरुमा खुकुलो बनाउन सुरू गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू