अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

साउदीमा एक नेपालीको टाउको काटियो

बिआरटिनेपाल संवाददाता, काठमाडौँ । २०७९ कार्तिक १८ गते १७:१० मा प्रकाशित

साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्ड दिइएको छ। नेपाल सरकारले पटक पटक मृत्युदण्ड पर सार्न आग्रह गरेको थियो। तयसका साउदी अधिकारीहरूले ती नेपालीलाई मृत्युदण्ड दिएको हो।

मृत्युदण्ड पाउने नेपालीको नाम विवेक दाहाल हो। उनी उदयपुर जिल्लाका बासिन्दा हुन्। उनलाई हत्या र पाशविकताको अभियोगमा दोषी करार गरिएको थियो। उनी सन् २०१४ देखि कारागारमा थिए। मृत्युदण्डको सजायका लागि उनलाई हालै जुबेलस्थित कारागारमा सारिएको थियो।

साउदी अरबका लागि नेपाली राजदूत नवराज सुबेदीलाई दाहाललाई टाउको काटेर मृत्युदण्ड दिइएको सञ्चारमाध्यमहरिलाई बताएका छन्। उनलाई अक्टोबर २३ मा मृत्युदण्ड दिइएको त्यस विषयमा साउदी अधिकारीहरूले नेपाली दुतावासलाई समेत जानकारी नदिएको बताएका छन्।

साउदी अरबमा तरवार प्रयोग गरी पाशविक तरिकाले टाउको काटेर मृत्युदण्ड दिइन्छ। त्यसपछि शरीरलाई भुण्ड्याइन्छ। तर, दाहालको शरीर भने नझुन्ड्याएको र पुरिएको सञ्चारमाध्यमहरूको दाबी छ।

मृत्युदण्डपछि नेपाल सरकार साउदी अरबसँग असन्तुष्ट बनेको छ। त्यस विषयमा असन्तुष्टि पोख्न परराष्ट्र मन्त्रालयले नेपाली लागि साउदी अरबका राजदूत साद बिन नासेर अबु हिमेदलाई बोलाएको छ। दाहालको मृत्युदण्ड पर सार्न यस अघि राष्ट्रपति विद्या देवी भण्डारीले साउदी अरबका राजा र पराराष्ट्रमन्त्री नारायण खड्काले गत मार्चमा नेपाल भ्रमणमा आएका साउदी राजकुमार फैजल बिन फह्रान अल सुदसँग आग्रह गरेका थिए।

दाहाललाई आफ्नै साथी राजेन्द्र विष्टको धारिलो हतियारले हत्या गरेको अभियोगमा दोषी करार गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू