अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

अस्ट्रेलियामा आगे आगे तोपैको गोला गुन्जियो

बिआरटीनेपाल २०७९ असोज २३ गते २०:३६ मा प्रकाशित

अस्ट्रेलिया । ११ वर्ष अगाडी “आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर” गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले सहरमा दुई वटा कार्यक्रम गरी भर्खरै फर्केका छन् ।

गत असोज १३ र १४ गते ग्रानभिल नेपाली समाजको आयोजनामा ग्रानभिलेको हिमालयन प्यालेसमा दसैँ तिहार साँझ र नेपहप इभेन्ट्सको आयोजनामा सिड्नीको क्लब योर्क सिड्नीमा आयोजित रमाइलो नाइट लगायतका कार्यक्रममा आफ्नो चर्चित गीत आगे आगे तोपैको गोला, रिङ रिङ जाडो लाग्यो, पसले साहुनी लगायतका आफ्ना चर्चित तथा नयाँ गीतहरू गाएर दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिए । उनीसँगै अर्का चर्चित गायक रूपक डोटेलले सानुमाया, बनकी चरी उडी लगायतका गीतहरू गाएका थिए । सिड्नीमा आयोजित रमाइलो नाइटमा चर्चित जनवादी गायक जेबी टुहुरेकी श्रीमती सतीदेवी खड्गीलाई सम्मानित गरिएको थियो ।

११ वर्ष अगाडी थलो एल्बम निकालेर नेपाली सङ्गीत क्षेत्रमा पाइला बढाएका प्रदेशले सोही एल्बमको “आगे आगे तोपैको गोला” गीतले राम्रै नाम कमाएका थिए । उनी केही वर्ष साङ्गीतिक कार्यक्रम तथा साङ्गीतिक गतिविधिहरूमा व्यस्त भए पनि आफ्नो घरायसी कामले सङ्गीतमा समय दिन छाडेका थिए ।

घरायसी कामबाट अहिले भने केही फुर्सद निकालेर हल्का रूपमा सङ्गीत क्षेत्रलाई पनि समय दिने गरी उनी अहिले सक्रिय हुदैछन । गएको भदौमा धरानमा आयोजित जनगायक जेबी टुहुरेको श्रद्धाञ्जली कार्यक्रम र धरानमै आयोजित फ्रेन्ड्स गार्डेन नाइटमा गीत गाएर सङ्गीत क्षेत्रमा कम ब्याक गरेका प्रदेश अहिले आफ्नो दोस्रो एल्बम थलो -२ को गीतहरू रेकर्डिङमा व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू