अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

सोमालियामा सेनाको कारबाहीमा विद्रोही समूहका शीर्ष नेता मारिए

बिआरटीनेपाल २०७९ असोज १८ गते ६:१६ मा प्रकाशित

सोमालियामा सेनाको कारबाहीमा विद्रोही समूह अल सबावका एक शीर्ष नेता मारिएका छन् ।

राष्ट्रिय सेना (एस्एनए) र अन्तर्राष्ट्रिय साझेदारी सेनाको संयुक्त कारबाहीमा अल–शबाव आतंककारी समूहका नेता अब्दुल्लाही नादिरको मृत्यु भएको सोमलियाली सरकारले पुष्टि गरेको छ ।

अब्दुल्लाही नादिर साोमालियाको मध्य जुब्बा क्षेत्रको हरामका गाउँमा मारिएका हुन् ।

यसअघि सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाव आंतककारी समूहका सह–संस्थापक बारे जानकारी दिने व्यक्ति वा संस्थालाई ३० लाख अमेरिकी डलरको इनाम घोषणा गरेको थियो । उनी सन् २०१४ मा मारिएका पूर्व रिडलिडर अहमद अब्दी गोदाने र अल–शबावका वर्तमान नेता अहमद दिरियेसँग निकट थिए ।

सरकारले नादिर अल–शबावका वर्तमान नेता दिरियेको उत्तराधिकारी बन्न सक्ने अवस्थामा रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू