अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

पाकिस्तानको बाढीका कारणः ६० हजारभन्दा बढी गर्भवती महिला मातृस्वास्थ्य सेवाबाट बञ्चित

बिआरटीनेपाल २०७९ असोज १५ गते ६:३६ मा प्रकाशित

पाकिस्तानको एक तिहाइ भूभागमा आएको बाढीका कारण करिब छ लाख गर्भवती महिला मातृस्वास्थ्य सेवाबाट बञ्चित हुनुका साथै बालबालिकाको स्वास्थ्य संस्थामा ठूलो असर परेको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानका वित्त तथा राजस्व राज्यमन्त्री आइशा घोस पाशाले बाढी प्रभावित क्षेत्रका छ लाख गर्भवती महिलामा यी आधारभूत सुविधाको अभाव रहेको र ५० लाखभन्दा बढी बालबालिकामा खोप वा पोषणको सुविधा नभएको बताउनुभएको छ । उहाँले पाकिस्तानले महिलाका लागि प्रजनन स्वास्थ्य सेवा र बालबालिकाका लागि स्वास्थ्य सेवालाई पुनः सहीमार्गमा ल्याउन प्रयासहरू बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू