अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम खुकुलो

बिआरटीनेपाल २०७९ असोज ११ गते ६:५० मा प्रकाशित

यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ ।भोलि अर्थात् असोज १२ गतेदेखि लागू हुने गरी मल, रेस्टुरेन्ट, सुपर मार्केट, पार्क लगायतका विभिन्न सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन नपर्ने खबर त्यहाँको खालिज टाइम्सले लेखेको छ । तर अस्पताल, क्लिनिक वा औषधि पसलहरूमा जाँदा भने मास्क अनिवार्य लगाउन पर्नेछ भने मस्जिदमा पनि मास्क अनिवार्य नै लगाउन पर्छ ।

यसका साथै सार्वजनिक यातायातका साधन चढ्दा पनि मास्क लगाउन पर्ने खबरमा उल्लेख छ । यी तीन क्षेत्रबाहेक अन्य सबै क्षेत्रमा स्वेच्छाले मास्क लगाउँदा हुन्छ तर अनिवार्य भने छैन । यस्तै कतिपय काम गर्दा भने मास्क अनिवार्य लगाउन पर्छ । खबर अनुसार वेटर, डेलिभरी ब्वाइ लगायत प्रत्यक्ष ग्राहकसँग जोडिएर गरिने काम गर्दा भने मास्क लगाउन पर्नेछ । कोरोना पोजेटिभ भएको छ वा मिल्दोजुल्दो लक्षण देखिएमा पनि मास्क लगाउन पर्ने ।

यूएईको सरकारी निकायले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको प्रतिबन्ध खुकुलो गराउने क्रममा यो पहिलो चरण भएको र अन्य नियमबारे पनि छिट्टै जानकारी गराउने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू