अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

इरानमा सरकार पक्षकाे समर्थनमा पनि र्‍याली

बिआरटीनेपाल २०७९ असोज ९ गते २१:१२ मा प्रकाशित

इरानमा प्रहरीको हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरू भएको प्रदर्शनमाथि अन्तर्राष्ट्रिय स्तरमा ध्यान केन्द्रित भइरहँदा सरकारको पक्षमा पनि र्‍याली निस्किएको छ । र्‍यालीका लागि सार्वजनिक आह्वान र व्यापक एसएमएस पठाइएको जनाइएकाे हाे । साेही र्‍यालीमा देशको धार्मिक सत्ताप्रति समर्थन देखाइको छ । र्‍यालीमा सहभागी महिलाहरूले हिजाब वा सरकारले तोके अनुरूपको पहिरन लगाएका थिए । र्‍यालीलाई ध्यानमा राखि सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । एक कुर्दिश युवतीको हिरासतमा मृत्यु भएको विषयलाई लिएर आन्दोलन चर्किएको हो ।

अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीय महसा अमिनीको हिरासतमै ज्यान गएको थियो । त्यसपछि सुरू भएको आन्दोलनले हिंसात्मक रुप लिएको हो । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा मृत्यु हुनेको संख्या ५० पुगेको छ । यो घटनालाई इरानमा भएका पछिल्ला आन्दोलन मध्येकै ठूलो भनिएको छ ।

इरानले इन्टरनेटको पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप तथा इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलन थप चर्किएको बीबीसीले जनाएको छ । झडपमा केही सुरक्षाकर्मीको पनि मृत्यु भएको जनाइएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिदेखि इरानको सत्तामा धार्मिक सर्वोच्चता कायम रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू