अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

भारतको बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ असोज ५ गते ७:०६ मा प्रकाशित

भारतको पूर्वी राज्य बिहारको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।भारी बर्षासँगै चटयांङ पर्दा खेतीपातीमा ब्यस्त रहेका २१ जनाको मृत्यु भएको हो ।बिहारका १० जिल्लामा चट्याङ लागेर मृत्यु हुनको संख्या पूर्णिया र अररियामा जिल्लामा बढी रहेको छ ।

यसैबीच, बिहारका मुख्यमन्त्री नीतिश कुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारतीय रुपैयाँ चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।

बिहारमा पछिल्लो समय भारी बर्षासँगै चट्याँङ पर्ने गरेकोले सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न बिहार सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू