अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

सिट बाँडफाँटमा सबै दलहरु लचिलो हुनुको विकल्प छैन : मन्त्री कार्की

बिआरटीनेपाल २०७९ भदौ २७ गते ६:४० मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताउनुभएको छ ।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरुको छलफलका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल निर्णयको नजिक रहेको बताउनु भयो ।

मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताउनु भयो । उहाँले बैठकमा दिपक्षिय, त्रिपक्षिय र सामुहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिनुभयो । मन्त्री कार्कीले दलहरुको आफ्नो आफ्नो अडान कायम रहेको भन्दै दलहरुका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताउनु भयो ।

मन्त्री कार्कीले केही निर्वाचन क्षेत्रमा सबै दलहरुले आफ्नो आफ्नो दावी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको बताउनु भयो । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्रका पाँच दलबीच सिट बाँडफाँटको टुंगो लगाउन लामो समय यता बैठक र छलफल चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू