अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो

बिआरटीनेपाल २०७९ भदौ २६ गते ६:५८ मा प्रकाशित

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समिति समक्ष बयान सकिएको छ ।

सिंहदरबार परिसरमा साढें १२ बजे देखि जारी सिफारिस समितिको वैठकमा उपस्थित भएर राणाले बयान दिनुभएको हो । समितिले तयार पारेका ४२ वटा प्रश्न मध्ये राणाले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिनुभएको थियो । आइतबार भने राणालाई सोध्ने प्रश्नहरु पहिल्यै एकैपटक सोधेर त्यसपछि एकोहोरो जवाफ मात्रै सुन्ने गरी बयान लिइएको थियो ।

राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोग दर्ता गराएपछि उहाँ निलम्वनमा हुनुहुन्छ । समितिले राणासंग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको हो । बयानबारे छलफल गर्न समितिको अर्को बेठक आगामी २८ गते बुधबार बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू