अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

कपिलवस्तुमा एकजनाको गोली हानेर हत्या

बिआरटीनेपाल २०७९ भदौ १० गते ७:०१ मा प्रकाशित

कपिलवस्तुको मायादेवी गाउँपालिकामा एकजनाको गोली प्रहार गरी हत्या गरिएको छ ।सो गाउँपालिकाको वडा नं. ५ मद्रहवाका ५० वर्षीय का रामसमुझ पासीलाई अपरिचित दुई जनाले गोली प्रहार गरेर शुक्रबार दिउँसो हत्या गरेका हुन् ।

गोली प्रहारबाट गम्भीर घाइते पासीलाई उपचारका लागि सदरमुकाम तौलिहवा अस्पताल ल्याउँदै गर्दा दिउँसो ४ः१० मा मृत्यु भएको अस्पतालले जनाएको छ । नचिनेका व्यक्तिले उनलाई बोलाएर गाउँपालिकाको वडा ६ स्थित महादेवामा एक जनाको खाली घरको पछाडी पट्टी लगेर गोली हानेका प्रत्यक्षदर्शीको भनाई छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू