अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

निर्वाचन चिन्हको क्रम निर्धारण

बिआरटीनेपाल २०७९ भदौ ९ गते ७:३६ मा प्रकाशित

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ ।

आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ वटा निवेदन प्राप्त हुन आएकाले ती दलहरुलाई निर्वाचन चिह्न निर्धारण गरेको हो ।

राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७९ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू