अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 13:00

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा स्वतन्त्रता दिवसमा रुसकाे आक्रमणप्रति सचेत रहन सेना र सर्वसाधारणलाई अपील

बिआरटीनेपाल २०७९ भदौ ८ गते ७:२३ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले युक्रेनकाे आज (बुधबार) ३१औं स्वतन्त्रता दिवसका अवसरमा रुसबाट हुन सक्ने सम्भावित आक्रमणप्रति सचेत रहन युक्रेनी सेना र सर्वसाधारणलाई अपील गर्नुभएको छ ।स्वतन्त्रता दिवसका क्रममा आक्रमण भए त्यसको कडा जवाफ दिने चेतावनी पनि राष्ट्रपति जेलेन्स्कीले दिनुभएको हाे । सन् १९९१ मा सोभियत शासनबाट स्वतन्त्र भएको दिनलाई युक्रेनले स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

युक्रेनमा पत्रकार सम्मेलन गर्दै उहाँले युक्रेनका लागि स्वतन्त्रता दिवस निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयाे । उहाँले दिवस नमाउन पनि अपील गर्नुभएको छ । उहाँले रुसी सेनासँग आफ्ना सेना दिन परदिन जितको नजिक रहेको दावी समेत गर्नुभएको छ । रुस भने युक्रेनका विभिन्न भाग कब्जा गर्ने दाउमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू