अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७ | Colorodo: 11:12

इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट अलग भएको कतारको घोषणा

बिआरटीनेपाल २०८१ कार्तिक २५ गते ६:३३ मा प्रकाशित

कतारले इजरायल र हमासबीच निर्वाह गर्दै आएको मध्यस्थताको भूमीकाबाट अलग भएको घोषणा गरेको छ । युद्धविरामको पहल गर्दै आएको कतारले अब इजरायल र हमासले वार्ताका लागि इच्छा व्यक्त नगरेसम्म मध्यस्थता नगर्ने बताएको बीबीसीले जनाएको छ ।अमेरिकाले कतारमा हमासका नेताहरुको उपस्थितिलाई नस्वीकार्ने बताएपछि कतारको निर्णय सार्वजनिक भएको हो । हमासले युद्ध अन्त्यको प्रस्ताव नमानेको भन्दै अमेरिकाले अब कतारमा हमासको उपस्थिति अस्वीकार्य भएको बताएको थियो ।

कतारको विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा १० दिन अघि नै सबै पक्षलाई सूचना दिएर वार्ता निष्कर्षबिहिन भएमा मध्यस्थताको भूमिकाबाट अलग हुने जानकारी दिएको र त्यही अनुसार अलग भएको उल्लेख छ । सन् २०१२ देखी कतारको राजधानी दोहामा हमासको राजनीति सञ्चालित छ । गएको अक्टोबरमा हमासले इजरायली भूमीका आक्रमण गरेपछि प्रभावितहरुलाई जोखिम क्षेत्रबाट हटाउन, राहात पुर्‍याउन र युद्धबन्दी रिहाइसँगै युद्ध रोक्न कतारले मध्यस्थताको काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू