अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 08:56

इजरायली आक्रमणमा गाजामा मारिनेमा ७० प्रतिशत महिला-बालबालिका

बिआरटीनेपाल २०८१ कार्तिक २४ गते ५:४७ मा प्रकाशित

अहिलेसम्म इजरायली आक्रमणमा गाजामा ज्यान गुमाउनेहरूमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक सार्वजनिक भएको छ ।

गतवर्ष हमासको आक्रमणपछि इजरायलले गरेको निरन्तरको आक्रमणका कारण पहिलो छ महिनामा मारिएकामध्ये महिला र बालबालिकाको संख्यामात्रै करिब ७० प्रतिशत रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टुर्कले इजरायलको यो घृणित मानवताविरुद्धको अपराधको निन्दा गदै तत्काल रोक्न आग्रह गर्नुभएको छ ।

गाजा–इजरायल युद्धको पहिलो छ महिनामा झण्डै ४५ हजार प्यालेस्टाइनी नागरिक मारिएका छन् भने मारिने बालबालिकाको संख्या मात्रै ४४ प्रतिशत रहेको अध्यनले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू