अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

नेपाल र बेलायतबीच आउँदो ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुने

बिआरटीनेपाल २०७९ भदौ २ गते ८:३६ मा प्रकाशित

नेपाल र बेलायतबीच आउँदो ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीका अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच भदौ ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार पारिसकेको छ ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाण्डौमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारी पत्रको मस्यौदा तयार भएको हो । बेलायतले २० देखि ४५ वर्ष उमेर समूहका स्टाफ नर्स, बिएस्सी नर्सिङ र एमएस्सी नर्सिङ गरेकाहरूलाई लैजाने छ । बेलायतमा रोजगारीका लागि जाँदा श्रमिकले कुनै पनि शुल्क तिर्न नपर्ने गरी श्रम समझदारी हुने छ ।

मन्त्रिपरिषद्ले पनि बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिइसकेको छ । नेपाल र बेलायतबीच जीटूजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने गरी समझदारी हुने छ । यो मोडलमा कुनै पनि तेस्रो पक्षको संलग्नता हुने छैन । दुई देशका सरकारबीचको समझदारीमा नेपालबाट कामदार जान पाउनेछन् ।  सरकारले जीटूजी मोडलमा इजरायल र कोरियामा पनि नेपाली श्रमिक पठाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू