अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको हत्या

बिआरटीनेपाल २०७९ भदौ १ गते ६:३९ मा प्रकाशित

पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको बन्दुकधारीहरुले गोली हानी हत्या गरेका छन् ।उत्तरपश्चिम पाकिस्नानको ट्यांक जिल्लास्थित कोन्टअजाममा पोलियो कार्यक्रमको सुरक्षाका लागि खटिएका प्रहरीको हत्या गरिएको हो । खोप कार्यक्रम संचालन भईरहेको स्थान नजिकैको कुलोमा लुकेर बसेका बन्दुकधारीले गोली हानी मोटरसाइकलमा फरार भएका थिए ।

पाकिस्तानमा कट्टपन्थीहरु पोलियो खोप अभियानमा बारम्बार अवरोध गर्दै आएका छन् भने दर्जनौं खोप कार्यकर्ता मारिईसकेका छन् । कट्टरपन्दथीहरुले पोलियो खोपमा सुँगुरको रगत मिसाइएको हुने भन्दै खोप नलगाउन पनि सर्वसाधारणलाई भड्काउने समेत गर्ने गरेका छन् ।

पाकिस्नातमा अहिले पनि पोलियोको समस्या ब्यापक रुपमा देखिने गरेको छ । उता, अफगानिस्तानको अवस्थामा पनि उस्तै छ । अफगानिस्तानमा पनि सत्ताधारी तालिवानदेखि अन्य कट्टरपन्थी समूहहरुले पोलियो खोप अभियानलाई अवरोध गर्दै आएका छन् । विश्व स्वास्थ्य संगठनले भने कट्टरपन्दथीहरु कारण पोलियो उन्मूलन चुनौतीपूर्ण भएको भन्दै चिन्ता ब्यक्त गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू