अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 17:10

सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको इरानको दाबी

बिआरटीनेपाल २०७९ साउन ३१ गते ६:५० मा प्रकाशित

इरानले सलमान रुस्दीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । अमेरिकाको न्युयोर्कमा भएको आक्रमणमा संलग्न व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको इरानले दाबी गरेको हो ।अमेरिकाको न्युयोर्कमा शुक्रवार एउटा कार्यक्रममा छुरा प्रहार भएपछि ७५ वर्षीय रुस्दीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । उहाँलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो । अहिले स्वास्थ्यमा केही सुधार भएको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुस्दीमाथि आक्रमण भएपछि इरानले खुसी व्यक्त गरेको आरोप लगाउनु भएको थियो । तर इरानी विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले यो आक्रमणसँग आफ्नो देशको सम्बन्ध भएको दाबीलाई अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।

सन् १९८८ मा ‘द सटानिक भर्सेज’ उपन्यास प्रकाशित भएपछि रुस्दीले हत्याको धम्की खेप्दै आउनुभएको छ । रुस्दीको उपन्यासले इस्लाम धर्मको अपमान गरेको निष्कर्षसहित तीन दशकअघि इरानका सर्वोच्च नेताले फतवा अर्थात धार्मिक आदेश जारी गर्नुभएको थियो । यो फतवा अहिले पनि कायम छ । आक्रमणपछि पक्राउ परेका २४ वर्षीय हादी मतारले घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू