अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

बंगलादेशमा इन्धनको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

बिआरटीनेपाल २०७९ साउन ३० गते ७:०१ मा प्रकाशित

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध फेरी प्रदर्शन भएको छ ।बंंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशत भन्दा बढीले वृद्धि भएपछि त्यसको विरुद्धमा जनता सडकमा उत्रेका हुन् । प्रदर्शनकै क्रममा उनीहरुले सडक अवरुद्ध गर्नुका साथै ठाउँठाउँमा आगजनी समेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बंगलादेश सरकारले भने रुस युक्रेन युद्धको प्रभाव स्वरुप पेट्रोलियम पदार्थको मृल्युवृद्धि भएको जनाएको छ । बंगलादेशमा अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका अर्थात ११५ रुपैयाँ २९ पैसा नेपाली रुपैयाँ प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका अर्थात १७४ रुपैयाँ २७ पैसा नेपाली रुपैयाँ पुगेको छ। त्यसैगरी त्यहाँ डिजेल र मट्टितेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाईएको छ ।

विश्वका अन्य धेरै मुलुकमा जस्तै रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बंगलादेश पनि प्रभावित भएको हो । प्रदर्शनकाबीच बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदले मूल्यवृद्धि उच्च भएको तर विदेशमा नै इन्धनको मूल्य बढेपछि यसमा आफ्नो मुलुकले केही गर्न नसक्ने बताउनुभएको छ । गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरी प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू