अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

थाइल्याण्डको एक नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ साउन २० गते ७:२१ मा प्रकाशित

थाइल्याण्डको एक नाइट क्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।घटनामा ४० जना घाइते भएका छन् । थाइल्याण्डको चोनबुरी राज्यमा रहेको माउन्टेन बी नाइटक्लबमा सर्वसाधारण नाचगानमा ब्यस्त रहेका बेला आगलागी भएको हो ।विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएपनि अनुसन्धान जारी छ । आगलागी नियन्त्रणका लागि दर्जनौ अग्नी नियन्त्रक परिचालन गरिएको भएपनि आगो नियनन्त्रणमा लिन २ घण्टा लागको थियो ।

आगलागीले नाइट क्लब पूर्ण रुपमा ध्वस्त भएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृत्यु हुने सबै थाइल्याण्डका नागरिकहरु रहेको पुष्टी भएको छ । यसैबीच, थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान वचाले घटनाप्रति दुख ब्यक्त गर्दै घटनाको उचित छानबिन गर्न निर्देशन दिनुभएको छ । थाइल्याण्डमा सन् २००९ मा पनि सान्टिका नाइटक्लबमा भएको आगलागीमा ६० जनाको मृत्यु भएको थियो भने सन् २०१२ मा फुकेटमा भएको आगलागीमा ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू