अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

पाकिस्तान र अष्ट्रेलिया बाढीको चपेटामा, सयौं घर डुवानमा परेपछि हजारौं मानिस विस्थापित

बिआरटीनेपाल २०७९ असार २२ गते ८:०३ मा प्रकाशित

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । बाढीका कारण कयौं बेपत्ता भएका हुन् । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलोचिस्तानमा वर्षाका कारण घरको छत खस्दा उनीहरुको मृत्यु भएको हो । बलोचिस्तानमा सयौं घर डुवानमा पर्नुका साथै त्यतिकै संख्यामा सवारीसाधन डुबेका छन् । बाढी बस्तीमा पस्दा हजारौं मानिस विस्थापित भएका छन् । पाकिस्तानमा जुन महिनादेखि जारी वर्षा र बाढीका कारण हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ ।

उता अष्ट्रेलियामा पनि भारी वर्षा र बाढीका कारण ५० हजार मानिस प्रभावित भएका छन् । आफ्नो सवारी साधनमा फसेका १ सय भन्दा बढी नागरिकहरुलाई लामो समयको प्रयास पछी उद्धार गरिएको छ । अष्ट्रेलियामा विगत १५ महिनाकाबीचमा चार पटक बाढी आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू