अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

भारतको हिमाञ्चलमा बस दुर्घटना, १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ असार २० गते ७:५८ मा प्रकाशित

भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।मृतकमध्ये अधिकांश स्कुलका बालबालिका रहेका छन् । कुल्लु जिल्लाको निओली–शंशेर सडक खण्डमा आज बिहान करिब ८ बजे बस दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बसमा ४५ यात्रु सवार रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले दुःख व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

साथै केन्द्र सरकारले मृतकका परिवारलाई प्रतिपरिवार २ लाख राहत दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू