अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

अमेरिकाको टेक्ससमा ४६ जनाको शव फेला, १६ जनाको घाइते अवस्थामा उद्दार

बिआरटीनेपाल २०७९ असार १४ गते ७:४१ मा प्रकाशित

अमेरिकाको टेक्ससमा एउटा लरिमा ४६ जनाको शव फेला परेको छ ।टेक्ससको सान एन्टोनियोस्थित रेल वे ट्रयाक छेउमा अलपत्र अवस्थामा छाडिएको लरिमा ४६ वटा बेवारिसे शव फेला परेको र ती शव आप्रवासीहरुको भएको त्यहाँको प्रहरीले जनाएको छ । सोही लरिमा भेटिएका १६ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमा बालबालिका पनि रहेका छन् । लरीलाई रेल वे ट्रयाकको नजिक छाडेर भागेका लरिका चालकको ब्यापक खोजी गरिएको छ ।

टेक्ससका गभर्नर ग्रेग एबोटले अमेरिकी राष्ट्रपति जो बाइडेनले खुला सीमा नीति अपनाउनुको परिणाम भन्दै यसको जिम्मेवारी पनि बाइडेनले लिनुपर्ने बताउनुभएको छ । मेक्सिकोबाट मानव तस्करहरुले अमेरिकी सीमाना पार गराउने क्रममा उक्त घटना भएको अनुमान गरिएको छ । करिब ४० डिग्री सेल्सियस तापक्रम पुगेको क्षेत्रमा मानिसहरुलाई एउटै ट्रकमा कोचेर ल्याएका कारण उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू