अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

बिआरटीनेपाल २०७९ जेठ ७ गते ५:२१ मा प्रकाशित

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले पूर्व प्रधानमन्त्री समेत रहनुभएका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।उहाँले आफूले भने यही मे १० मा सपथ लिनुभएको थियो । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री हुनुभएको थियो ।

उहाँले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गर्नुभएको थियो । त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उहाँले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघको अध्यक्षको रुपमा पनि उहाँले काम गर्नु भएको थियो । प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू