अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

महिला टेलिभिजन प्रस्तोतालाई अनुहार छोप्न तालिबानको आदेश

बिआरटीनेपाल २०७९ जेठ ६ गते ८:२७ मा प्रकाशित

अफगानिस्तानको तालिबान सरकारले महिला अधिकारमाथि पुनः बन्देज लगाएको छ । तालिबानले अफगानिस्तानका महिला टेलिभिजन प्रस्तोताहरूलाई टेलिभिजनमा आफ्नो अनुहार छोप्न आदेश दिएको छ ।यो आदेश महिला टेलिभिजन प्रस्तोताहरूले कार्यान्वयन समेत गरेका छन् । तर, अफगानिस्तानका महिला अधिकारकर्मीहरूले सामाजिक सञ्जालमा यो नयाँ प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

तालिबानले यसअघि महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न निर्देशन दिएको थियो भने माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध समेत लगाएको थियो । अफगानिस्तानमा सत्ता हत्याएको तालिबानले पछिल्लो रवैयाप्रति मानवअधिकारवादी संस्थाहरूले समेत विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू