अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

महाबीर पुनलाई फ्रान्समा सम्मान

बिआरटीनेपाल २०७९ जेठ १ गते ५:०७ मा प्रकाशित

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं समाजसेवी डा. महाबीर पुनलाई फ्रान्समा बस्ने नेपालीहरुले सम्मान गरेका छन् । फ्रान्स पुग्नुभएका उहाँलाई आइतबार फ्रान्सको लिजोन आर्मीमा कार्यरत नेपालीहरुले सम्मान गर्नुका साथै राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग पनि उपलब्ध गराएका छन् । त्यस अवसरमा लिजोन आर्मीको सैन्य सिबिरमा रहेका ९ सय जना नेपाली लिजोन आर्मीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा पुनले विभिन्न देशमा कार्यरत नेपालीहरुले विश्वसामु नेपाललाई चिनाउन ठूलो सहयोग गरेका बताउनु भयो । त्यसैगरी उहाँले विदेशमा नेपाली सैन्यहरुले गरेका कार्यले विश्व सामु नेपालको नाम उच्च रहेको उल्लेख गर्नुभयो । पुनले विदेशमा सिकेका सीपले अब नेपालमा केही गर्नुपर्छ भन्ने भावना जागृत गरेमा नेपालीहरुको आर्थिक बिकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

फ्रान्सको राजधानी पेरिसमा गैर आवासीए नेपाली संघ (एनआरएनए) ले पनि उहाँको सम्मान र आर्थिक सहयोगको कार्यक्रम राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू