अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

नेपालमा कोरोनाका २६ बिरामी थपिए

बिआरटीनेपाल २०७८ चैत २९ गते ९:२१ मा प्रकाशित

नेपालमा कोरोनाका २६ बिरामी थपिएका छन् । ४ हजार ७८ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ बिरामी निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६६ हजार १ सय ११ पुगेको छ ।

यो अवधिमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । सोही समयमा देशमा ४१ हजार ४ सय ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५ सय ५४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू