अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

माओवादी अध्यक्ष प्रचण्डको ५ बुँदे विशेष सर्कुलर, वैशाख ५ भित्र उम्मेदवार सिफारिस गरिसक्न निर्देशन

बिआरटीनेपाल २०७८ चैत २९ गते ८:५९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न सर्कुलर जारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गर्नुभएको हो ।

केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाउनुभएको हो । सर्कुलरमा स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न पनि रोक लगाइएको छ । बरु गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्न मातहतका कमिटीलाई भनिएको छ ।

केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुसी निर्णय लिन रोक लगाइएको एक नेताले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू