अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हटाइए

बिआरटीनेपाल २०७८ चैत २९ गते ८:३९ मा प्रकाशित

स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत परिवर्तन भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्को न्‍यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको हो ।

अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुनुहुन्छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत रावलको ठाउँमा अधिकारीलाई तोकेको हो ।

आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत किन फेरिएको हो भन्ने बारेमा आयोगले खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू