अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

पत्रकारलाई पक्राउ गर्न नेपालमा विद्युतीय कारोबार ऐनको दुरुपयोगः एम्नेस्टी इन्टरनेसनल

बिआरटीनेपाल २०७८ चैत १५ गते ८:४७ मा प्रकाशित

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले नेपाल सरकारले विद्युतीय कारोबार ऐनको दुरुपयोग गरेको आरोप लगाएको छ । एम्नेस्टीले मंगलबार सार्वजनिक गरेको ‘एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२१÷२२ः विश्वको मानवअधिकार अवस्था’ प्रतिवेदनमा सरकार र सत्तारुढ दलका नेताको आलोचना गर्नेलाई नियन्त्रणमा लिन उक्त ऐनको प्रयोग गरेको जनाएको हो ।

‘सरकारी अधिकारीहरुले पत्रकार र अन्य व्यक्तिहरुलाई स्वेच्छाचारी तवरले हिरासतमा लिनका लागि विद्युतीय कारोबार ऐन, २०६३ को प्रयोग गर्ने कार्यलाई जारी राखे । उनीहरुले खासगरी सरकार र सत्तारुढ दलका नेताहरुको आलोचना गर्नेहरुलाई लक्षित गरे,’ एम्नेस्टीले प्रतिवेदनमा भनेको छ । सरकारले सामाजिक सञ्जालका सामग्रीलाई नियमन गर्न र सामाजिक सञ्जालमा पोस्ट गरिएका सामाग्रीलाई लाइक, शेयर र टिप्पणी गर्ने प्रयोगकर्ताहरुको गतिविधिलाई अपराधीकरण गर्ने गरी ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’को मस्यौदा तयार गरिएको एम्नेस्टीले जनाएको छ ।

‘अभिव्यक्ति स्वतन्त्रता र गोपनियताको अधिकारलाई कुण्ठित गर्ने प्रावधानसहितका विभिन्न विधेयकहरु संघीय संसदमा विचाराधीन रहे र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सरकारहरुले अभिव्यत्ति स्वतन्त्रता, खासगरी प्रेस स्वतन्त्रतामाथि अंकुष लगाउने गरी नयाँ कानुनहरुको मस्यौदा तयार पारे,’ प्रतिवेदनमा उल्लेख छ ।

सर्वोच्च अदालतको रजिष्ट्रारको कार्यालयले दुईजना पत्रकारलाई अदालतमा बोलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीच भएको भनिएको बैठकका बारेमा प्रकाशित समाचारको श्रोत खुलाउन र माफी माग्न दबाब दिएको घटनलाई पनि प्रतिवेदनमा समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू