अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

युक्रेन संकटका बीच रुस र बेलारुसको संयुक्त सैन्य अभ्यास सुरु

बिआरटीनेपाल २०७८ माघ २७ गते ७:०५ मा प्रकाशित

युक्रेन संकटका बीच रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । रुसले युक्रेनको सीमामा एक लाख सेना जम्मा पारेपछि अमेरिका र पश्चिमा मुलुकले रुसले युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिँदै आएका छन् । सोही कारण पश्चिमा मुलुक र रुसबीच तनाव बढेको छ ।

युक्रेनसँग लामो सीमा जोडिएको रुसको निकट मित्रराष्ट्र बेलारुस र रुसका सेनाले १० दिने संयुक्त सैन्य अभ्यास सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो सैन्य अभ्यासलाई शीतयुद्धपछि रुसले गरेको सबैभन्दा ठूलो सैन्य परिचालन भनिएको छ ।

उता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपमा दशकयताकै सुरक्षा संकट बढेको टिप्पणी गरेका छन् । उता युक्रेनले भने भौतिक रूपमै दबाब दिइएको टिप्पणी गरेको छ ।  अमेरिका र उसका पश्चिमा सहयोगी मुलुकहरूले रुसले युक्रेनमा आक्रमण गर्न सक्ने बताए पनि रुसले भने आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू