अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि क्रिप्टो करेन्सी मार्फत स्रोत जुटाउने गरेको राष्ट्रसंघको दावी

बिआरटीनेपाल २०७८ माघ २४ गते ६:५५ मा प्रकाशित

उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टो करेन्सी मार्फत लाखौं डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दावी राष्ट्रसंघले गरेको छ । सन् २०२० र ०२१ बीचको अवधिमा ह्याकरहरुले ५ करोड डलर बढी डिजिटल सम्पति चोरी गरेको एक अध्ययनले देखाएको जनाइएको छ । पछिल्लो समय यस्तै स्रोतबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि रकम जुटाउने गरेको दावी पनि गरिएको छ ।

उत्तर कोरियाले गर्ने गरेको ह्याकिङ सम्बन्धि अध्ययन प्रतिवेदन गत शुक्रबार राष्ट्रसंघीय नाकाबन्दी कमिटीलाई बुझाइएको छ । ह्याकरहरुले अमेकिार, युरोप र एशियाका कम्तिमा तीन वटा क्रिप्टो करेन्सी माथि निशाना लगाउने गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत महिना पनि क्रिप्टो चेन विश्लेषकहरुले उत्तर कोरियाले करीब ४० करोड डलर बराबरको भर्चुअल सम्पति जम्मा पारेको प्रतिवेदन तयार पारेका थिए । राष्ट्रसंघको कडा नाकाबन्दीका बावजुद उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र परीक्षण जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू