अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

आणविक सम्झौतालाई पुनर्जीवित गर्न अमेरिकाले लगाएको प्रतिबन्ध हटाउनु मात्रै पर्याप्त नहुने इरानको भनाइ

बिआरटीनेपाल २०७८ माघ २३ गते १:१५ मा प्रकाशित

इरानले सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न आफूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हटाउनु मात्रै पर्याप्त नहुने जनाएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता सैयद खटिब्जादेहले प्रतिबन्ध हटाउने अमेरिकाको कर्तव्य र दायित्व पूरा गर्ने विषयमा इरानले पर्खिरहेको बताउनु भएको छ । तर, आणविक सम्झौतालाई पुनर्जीवित गर्न यो कदम मात्रै पर्याप्त नहुने उहाँकाे भनाइ छ । अमेरिकाले आणविक प्रतिबन्धलगायत सबै प्रतिबन्ध हटाएमा मात्र थप चरणका वार्ताका लागि मार्ग प्रशस्त हुने उहाँले बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले  जनाएका छन् ।

अमेरिकी सरकारले अस्ति इरानलाई अन्तर्राष्ट्रिय आणविक सहयोग परियोजनाको अनुमति दिन स्वीकृति छुट फिर्ता गरेको थियो भने झण्डै १० महिनाअघि सन् २०१५ को आणविक सम्झौता पुनः स्थापना गर्न सुरु गरिएको भियना वार्ता अहिले निर्णायक चरणमा पुगेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू