अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

इक्वेडरमा बाढीमा परेर ११ जनाको मृत्यु, १५ जना घाइते

बिआरटीनेपाल २०७८ माघ १८ गते ७:१० मा प्रकाशित

ल्याटिन अमेरिकी मुलुक इक्वेडरको राजधानी क्विटोमा आएको बाढीमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । उत्तरी ला गास्का जिल्लाको पहाडी क्षेत्रमा आएको पहिरोमा १५ जना घाइते भएका छन् । लेदो माटोसहितको पहिरोमा सडकमा गुडिरहेका सवारी साधन बगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । मृतकमध्ये केहीलाई करेन्ट लागेको पनि जनाइएको छ । सोमबारदेखि राजधानीमा परेको अविरल वर्षाका कारण बाढी आएको हो । बाढीले सो क्षेत्रमा कयौं घरमा क्षति पुगेको छ । उद्धार कार्यका लागि घटनास्थलमा आपतकालीन अधिकारी र प्रहरी खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू