अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

अफगानिस्तानमा महिला अधिकारकर्मी बेपत्ता, ”हामीले अपहरण गरेका छैनौँ ”- तालिवान

बिआरटीनेपाल २०७८ माघ १३ गते ७:१५ मा प्रकाशित

अफगानिस्तानको काबुलबाट गएको हप्ता दुई महिला अधिकारकर्मी बेपत्ता भएको विषयमा तालिबानले आफ्नो भनाइ राखेको छ । अन्तर्राष्ट्रिय स्तरमा तालिबानले नै महिला अधिकारकर्मीलाई बेपत्ता पारेको आरोपको खण्डन गर्दै तालिबानले आफूले कुनै पनि महिलालाई अपहरण नगरेको प्रष्ट पारेको हो । अफगानिस्तानका सूचना तथा सांस्कृतिक मामिला मन्त्री जबीहुल्लाह मुजाहिदले महिला हननको आरोप आधारहीन भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानका महिला अधिकारकर्मीले यसै हप्ता नर्बेको राजधानी ओस्लोमा तालिबानको राजनीतिक प्रतिनिधिमडलसँग भेटघाट गरेको थियो । अधिकारकर्मीले अफगानिस्तानमा महिला सुरक्षा कायम गर्न समेत अपिल गरेको थियो ।अफगानिस्तानमा तालिबान सत्तामा आएपछि महिला अधिकार हननको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू