अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

विश्वमा हरेक तीन सेकेण्डमा एक सय जना कोरोना संक्रमित र १२ सेकेण्डमा एक जनाले ज्यान गुमाएको डब्ल्युएचओको दावी

बिआरटीनेपाल २०७८ माघ ११ गते ६:२७ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोरोना संक्रमणको गति तीव रुपमा फैलिएको जनाएको छ ।डब्लूएचओका अनुसार पछिल्लो हप्ताको तथ्यांक हेर्ने हो भने पनि विश्वमा हरेक तीन सेकेण्डमा एक सय जना कोरोना संक्रमित हुने गरेको र हरेक १२ सेकेण्डमा एक जनाले ज्यान गुमाउने गरेका छन् ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताउँदै हरेक सेकेण्डमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु हुने गरेको बताउनुभयो । राष्ट्रसंघको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उहाँले महामारीबाट बच्न विभिन्न उपाय अपनाए यो वर्षको अन्तिमसम्ममा महामारी अन्त्य हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भविष्यमा यस्तो हालत रोक्नका लागि अहिलेको महामारीबाट पाठ सिक्न र नयाँ समाधान खोज्न जरुरी रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू