अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

बुर्किना फासोका राष्ट्रपति विद्रोही सैनिकहरूको ‘हिरासतमा’

बिआरटीनेपाल २०७८ माघ १० गते ६:०३ मा प्रकाशित

बुर्किना फासोका राष्ट्रपति रोच काबोरेलाई विद्रोही सैनिकहरूले हिरासतमा लिएका बीबीसीले जनाएको छ । पश्चिम अफ्रिकी राष्ट्रका केही सेनाहरूले सैन्य प्रमुखलाई बर्खास्त गर्न र इस्लामवादी लडाकुसँग लड्न थप साधनको माग गरेका छन् । यसअघि राष्ट्रपति भवन नजिक र राजधानी वागदोगुको ब्यारेकमा रातभर गोली चलेको आवाज सुनिएको थियो ।

सरकारले हिजो आइतवार सैन्य कु र राष्ट्रपति पक्राउको सुझावको खण्डन गरेको थियो । विद्रोही सैनिकहरूले राष्ट्रपति काबोरेलाई एक सैन्य शिविरमा हिरासतमा लिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । एक भिडियोमा राजधानी वागदोगुमा बख्तरबन्द गाडी देखिएको छ जसलाई राष्ट्रपतिले उपयोग गर्ने बताइएको छ, त्यो गाडीमा गोली लागेर प्वाल परेको देख्न सकिन्छ ।

हिजो सयौँको सङ्ख्यामा मानिसहरू सडकमा आएर विद्रोही सेनाको समर्थनमा प्रदर्शन गरेको थिए । केही व्यक्तिले सत्ताधारी पार्टीको मुख्यालयमा आगो पनि लगाएका थिए । त्यसपछि रातमा कर्फ्यु लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू