अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

बेल्जियममा कोरोना नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा प्रदर्शन

बिआरटीनेपाल २०७८ माघ १० गते ५:५९ मा प्रकाशित

बेल्जियममा कोरोना नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा भएको प्रदर्शनको क्रममा दर्जनौं घाइते भएका छन् । प्रदर्शन दबाउन प्रहरीले दर्जनौ सेल अश्रुग्याँस तथा पानीको फोहोरा प्रयोग गर्दा प्रदर्शनकारीहरु घाइते भएका हुन् । ५० हजारको संख्यामा राजधानी ब्रसेल्समा भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले धरपकड गर्दा केही बेर दोहोरो भिडन्त समेत भएको थियो ।

ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणा गरेपछि सर्वसाधारण प्रदर्शनमा उत्रेका हुन् । बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्मा भएको यस प्रदर्शनलाई बेल्जियममा भएका केही ठूला प्रदर्शनमध्ये एक भनिएको छ । प्रदर्शनमा विभिन्न देशका पर्यटक समेत सहभागी भएका थिए ।

बेल्जियम सरकारले कोभिड नियन्यत्रणका लागि कोरोना विरुद्धको बुस्टर डोज अनिवार्य गर्नुका साथै पाँच महिनाको अवधिसम्म रेष्टुराँ, म्युजियमलगायत केही स्थानमा खोप कार्ड देखाउनु पर्ने नियम लागु गरेपछि प्रदर्शन हुन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू