अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

यमनको एक कारागारमा सेनाको हवाई आक्रमणमा १३८ जना घाइते,७० जनाको मृत्यु

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:३४ मा प्रकाशित

यमनको एक कारागारमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १ सय ३८ जना घाइते भएका छन् । ७० जना मानिसको मृत्यु भएकाे हुथी विद्रोहीहरुले बताएका छन् । उत्तरी यमनको सो क्षेत्रमा घातक बम विस्फोट गराइएको बीबीसीले जनाएको छ । साउदी नेतृत्वको सैन्य गठबन्धनले सोमबार हमला गरेसँगै हुथी विद्रोहीले पनि जवाफ हमलाहरु बढाएको हो । देशको उत्तरी क्षेत्र नियन्त्रण गर्न कारागारमा रहेका ७० भन्दा मारिएको हुथी सरकारका अधिकारीहरुले दावी गरेका छन् ।

आक्रमणमा कयौं घाइते भएकाले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।सो आक्रमणमा सबैभन्दा बढी आप्रवासीहरु घाइते भएका छन् । विद्रोहीले रातको समयमा गरेको हमलाका कारण टेलिकम्युनिकेशनको मुख्य प्रणाली पनि उनीहरुकै नियन्त्रणमा रहेको छ । सो आक्रमणसँगै इन्टरनेटमा पनि समस्या आएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

कारागारमा भएको आक्रमणको विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले निन्दा गरेका छन् । यसअघि पनि हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा ५ जना मानिसको मृत्यु भएको थियो । सो आक्रमण भएको एक साता बित्न नपाउँदै फेरि अर्को हमला भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू