अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

युक्रेनमा सत्तापलट गराउन रुसी गुप्तचर सक्रिय बनेको अमेरिकाको आरोप

बिआरटीनेपाल २०७८ माघ ७ गते ५:२० मा प्रकाशित

अमेरिकाले रुसमाथि युक्रेनमा पूर्ववर्ती सरकार पक्षधरहरुलाई उचालेर सत्तापलट गराउन खोजेको आरोप लगाएको छ । आफ्ना गुप्तचरहरु परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई युक्रेनको शासनमा ल्याउने चाल रुसले चालेको अमेरिकी आरोप छ ।

अमेरिकाको अर्थ मन्त्रालयले उक्त कामका लागि चार जना खटिएको र ती मध्ये २ जना युक्रेनको संसदमै रहेको दाबी गर्दै उनीहरु क्रेमलिनको रणनीति अनुसार युक्रेनमा अस्थिरता मच्चाएर सत्तापलट गराउने काममा सक्रिय रहेको आरोप लगाएको हो ।

रुसले युक्रेनका उच्च पदहरुमा आफ्ना मान्छे पुर्याएर गोप्य सूचनाहरु लिइरहेको दाबी पनि अमेरिकाको छ । यसैबीच, युक्रेन मामिलालाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र रुसी विदेशमन्त्री सर्गेइ लाभारोबबीच आज जेनेभामा भेट वार्ता हुँदैछ । वार्ता अघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले युक्रेनमा हस्तक्षेप गर्ने कोशिस रुसले गरेमा पश्चिमा शक्तिहरुले त्यसको संयुक्त रुपमा जवाफ दिने दोहोर्‍याउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू