अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७ | Colorodo: 12:12

संसारकै पाका व्यक्ति ग्रार्सियाको १ सय १२ बर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:५४ मा प्रकाशित

विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड ग्रार्सियाको १ सय १२ बर्षको उमेरमा निधन भएको छ । गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका ग्रार्सियाको १ सय १२ वर्ष ३ सय ४१ दिनमा निधन भएको हो । उनी ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित भएका थिए । अर्को महिना आफ्नो ११३ औं जन्म दिन मनाउने योजनामा रहेका उनको स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो ।

चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेबु्रुअरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो । उनी पेसाले जुत्ता व्यापारी थिए । उनका साता छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन् । गिनिज वर्ल्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुन् । उनको १२२ वर्षको उमेरमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू