अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

अफगानिस्तानमा दशौं लाख मानिस मृत्युको मुखमा पुग्नसक्ने राष्ट्रसंघको चेतावनी

बिआरटीनेपाल २०७८ पुष ३० गते ८:०४ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको चेतावनी दिएको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउने चेतावनी दिनुभएको हो ।

राष्ट्रसंघको ५ अर्ब डलरको मानवीय सहायता कोषमा सहयोग गर्न विश्व समुदायलाई अपिल गर्दै उहाँले अफगानिस्तानको रोक्का गरिएका खाताहरु फुकुवा गर्न विश्व बैंक, आइएमएफलगायतलाई आग्रह पनि गर्नुभएको छ ।

अत्यधिक चिसो र सम्पतिविहिन अवस्था अफगान जनताका लागि कहालिलाग्दो भएको पनि महासचिव गुटेरसको भनाइ छ । दाताको सहयोगमा टिक्दै आएको अफगानिस्तानको अर्थतन्त्र तालिवानले सत्ता कब्जा गरेपछि झन् झन् अधोगतिमा रहेको छ । त्यसमाथि तालिवानको शासनलाई चुनौति दिन अमेरिकालगायत विश्व समुदायले अफगानिस्तानको सम्पति र खाता रोकेकाले अर्थतन्त्र चरम संकटमा फसेको छ ।

अमेरिकाले मात्रै अफगानिस्तानको ७ अर्ब डलर रोकिदिएको छ । त्यहाँ अस्पतालका चिकित्सक, सेना, पुलिस र सरकारी कर्मचारीले समेत तलब पाईरहेका छैनन् । राष्ट्रसंघका महासचिव गुटेरसले ८७ लाख अफगानीहरु अहिले पनि दुई छाक नपाउने अवस्थामा रहेको भन्दै त्यहाँको अर्थतन्त्रका लागि आवश्यक तरलता तत्काल उपलब्ध नगराउने हो भने अवस्था भयावह हुने चेतावनी पनि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू